काठमाडौं, ५ पुष । सत्तारुढ .दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच फेरि वार्ता भएको छ ।
संसद विघटन सिफारिस भएपछि अध्यक्षद्वयबीच फेरि छलफल भएको हो ।
१ बजेका लागि बोलाइको स्थायी कमिटी बैठक हुने वा नहुने भन्ने अन्यौल जारी रहेको बेलामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल शुरु भएको हो ।
यसअघि आजै विहान प्रधानमन्त्री र प्रचण्डबीच संक्षिप्त कुराकानी भएको थियो ।
मन्त्रिपरिषद्बाट संसद विघटन सिफारिस गरेपछि यो के गरेको भन्दै प्रचण्डले ओलीसँग प्रश्न गरेका थिए । जवाफमा ओलीले आफूसँग यहि विकल्प हरेको जवाफ दिएका थिए ।







