पुष, ६ काठमाडौं । बालुवाटारमा ओली निकटका सांसदहरुको भेला सुरु भएको छ । भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसदको उपस्थिति छ । अहिलेसम्म पूर्वमाओवादीबाट लेखराज भट्ट सहभागी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ ।







