ओलीको कदमले पार्टी एकतालाई कुनै असर गर्दैन : प्रचण्ड (प्रेस वक्तव्यसहित)

पुष, ६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमका लागि उनलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण सोधिएको बताएका छन् ।

उनले सोमबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन– प्रनिधिभि सभा विघटन गर्ने कार्य असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको उल्लेख गर्दै प्रचण्डले आइतबार बसेको स्थायी कमिटी बैठकले त्यसको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण मागेको विषय जनाएका छन् ।

‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’ प्रचण्डले सोमबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’