कात्तिक, ३ काठमाडौं । सिजन मिडियाद्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरर्जना पलान्चोके श्रेष्ठ प्रथम विजेता भएकी छन् ।
उनले नेपाली गितमा नृत्य गरेकी थिइन । प्रतियोगितमा दोस्रो स्थान पत्रकार लक्ष्मी खतिवडा प्राप्त गरेकी छिन् । उनले नाटक विधामा सहभागीता जनाएकी थिइन् । त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल भइन् । उनी नृत्य विधामा सहभागी भएकी थिइन् ।उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहेका थिए ।
नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमको अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए । प्रतियोगीतामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदी विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो वनाएर पठाएका थिए । उक्त भिडियोे छनोट पछि सिजन मिडियाको अफिसियल फेसवुकमार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङकनको लागि लाइक सेयरको आधारमा २५ प्रतिशत नम्वर अनलाइन र एसएमएस भोटिङवाट ५० प्रतिसत नम्वर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिसत गरि विजेता छनोैट गरिएको हो ।
उक्त विजेताहरुलाई २०७७ सालको दशैं लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने आयोजक सिजन मिडिाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।
प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्यालृन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, द्धितिय हुनेले टिभि र तृतिय हुनेले भ्याकुप क्लीनर प्राप्त गर्नेछन । ५ जना प्रतियोगीलाई सान्तवन पुरस्कार स्वरुप टेवल घडि प्रदान गरिने आयोजकले जनाएको छ ।