नाइजेरियामा प्रदर्शनकारीमाथि प्रहरीको गोली

कात्तिक ५, काठमाडौं ।
नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा प्रहरी क्रुरता विरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

समाचार संस्था बिबिसीका अनुसार प्रहरीका तर्फबाट गरिएको फायरिङमा झन्डै २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो जानकारी एक प्रत्यक्षदर्शीले दिएको बताइएको छ ।

एमनेस्टि इन्टरनेसनलले आफूसँग यस मृत्युका विषयमा ठोस प्रमाण रहेको बताएको छ । घटनापछि लागोससहित केही क्षेत्रमा कफ्र्यु घोषणा गरिएको छ ।

हाल अस्तित्वमा नरहेको प्रहरी इकाइ, एन्टि रबरी स्वाडको विरुद्ध त्यहाँ दुई सातादेखि प्रदर्शन भइरहेको थियो ।