‘सुपरहिरो’ को भूमिकामा केट्रिना

कात्तिक ६, काठमाडौं ।
बलिउडमा पहिलोपल्ट कुनै ‘सुपरहिरो’ फिल्ममा महिला लिड रोलमा देखिँदैछिन् । निर्देशक अलि अब्बास जफरले केट्रिना कैफलाई मुख्य भूमिका दिएर नयाँ फिल्म बनाउन लागेका छन् ।

यो फिल्मको शुटिङ तीन वा चार देशमा हुने बताइएको छ । एक पत्रिकालाई अन्तरवार्ता दिँदै निर्देशक जफरले केट्रिनाले यस फिल्ममा निकै स्टन्ट गर्ने बताए ।

कैफलाई यस फिल्ममा एक्सन रोलमा देख्न सकिनेछ । फिल्मको नाम भने निश्चित भइसकेको छैन । तर लोकेशन खोज्न आफू व्यस्त रहेको जफरले अन्तरवार्तामा बताएका छन् । (एजेन्सी)