देशभर २ हजार ८५६ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो विवरणमा २४ घण्टामा देशभर २ हजार ८५६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ कि पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।