‘आँधी तुफान–२’को छायांकन सुरु

वैशाख, १० काठमाडौं । दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा ‘आँधी तुफान–२’ बन्न लागेको छ ।

मदन घिमिरेको निर्देशन रहने फिल्मको छायान्कन सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामरा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो ।

नेपाली फिल्मका सफल लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।