बास्तबिक के साइनो हो प्रचण्ड र नारायण दाहालको ? वंशावली सहित

काठमाडौं । राष्ट्रियसभाका नबनिर्वाचित अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री प्रचण्डबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा बिभिन्न खालको टिप्पणी भइरहेको छ ।

उनिहरुका परिवारका सदस्यहरूसँगै बुझ्दा उनीहरू तीन पुस्ते दाजुभाइ नभएर जिजुबाजेहरु चाही दाजुभाइ भएको खुलेको छ । प्रचण्ड र नारायण दाहालको जिजुबुबा एकाघरको दाजुभाइ रहेको बुझिएको छ ।

प्रचण्डको जिजुबाजे गोबिन्द र नारायण दाहालका जिजुबाजे प्रजापती भएको बत्स गोत्तृय दाहाल बन्शावली दिगदर्शनमा समेत स्पस्ट रुपमा उल्लेख छ ।

बिबरण अनुसार प्रचण्डका हजुरबुबा नरपति दाहाल र नारायण दाहालका हजुरबुबा पुनराम दाहाल हुन र उनिहरुका पनि हजुरबुबा भने शिवलाल दाहाल हुन । शिबलाल दाहाल का ३ वटा छोरा मध्य गोविन्द तर्फका पनाती प्रचन्ड हुन भने प्रजापती तर्फका पनाती नारायण दाहाल हुन ।

यो अनुसार प्रचन्ड र नारायण दाहालको सम्बन्ध ४ पुस्ता पहिले गएर जोडिएको देखिन्छ भने अलि टाढाबाट उनिहरुको सम्बन्ध दाजुभाईको देखिन्छ ।

टाढाको सम्बन्ध भएतापनी नारायण दाहालले केही अवसर पाउनासाथ प्रचन्डलाई परिवारबाद को आरोप भने लाग्ने गरेको छ ।