२०८२ जेठ ८ गते
काठमाडौं । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले सगरमाथा हिमालको सफल आरोहण गरेकी छन् ।
आइतबार १९ मे २०२५ मा सगरमाथा आरोहण गरेकी कविताले सोमबार अर्को ८ हजार मिटरभन्दा अग्लो ल्होत्से हिमाल पनि आरोहण गरिन ।
सफल आरोहण गरेकी कवितालाई यतिबेला बधाई दिनेको ओइरो छ । यहि समयमा उनी आफ्रैंले दुई हिमाल चढ्का तस्बिर सहितको पोष्ट शेयर गरेकी छिन् । उनले एउटा हिमाल आरोहण मात्रै नभई सपना देख्नेहरू, गर्नेहरू र सीमाभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि एउटा पाठ बन्न सक्ने बताएकी छिन् । आफ्नो फेसबुकमा प्रोफाइलमा उनले खुशी प्रकट गर्दै तस्बिर सहितको अंग्रेजी भाषामा पोष्ट गरेकी हुन् ।







