२२ जेठ २०८२ । इजरायली फिल्म ‘ह्वेन क्लाउड्स फल’को नेपालमा एक महिना लामो छायाङ्कन सकिएको छ । जेष्ठ ५ गते नेपालमा उक्त फिल्मको छायाङ्कन समापन गरिएको जानकारी आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले जानकारी दिए ।
मनाङमा १४ र पोखरामा १४ दिन गरी एक महिना अबधी को छायाङ्कन नेपालमा गरिएको थियो । फिल्ममा इजरायलका चर्चित अभिनेता एलोनसँग नेपालकी अभिनेत्री मेनुका प्रधान र डेब्यू कलाकार रिकेन परियारको मुख्य अभिनय छ ।
आइसफल प्रोडक्सनले ‘बेबी’, मोस्ट वान्टेड, एभरेस्ट: द समिट अफ द गड्स, द क्लाइम्ब र हाइवे टु धम्पुस लगायतका फिल्महरूको निर्माण व्यवस्थापन गरेको थियो । यस अघी रामकृष्ण पोखरेलले निर्माण गरेको‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको थियो भने भेनिस फिल्म फेस्टिभलमा पनि उक्त फिल्मले दुई अवार्ड जित्न सफल भएको थियो ।







