२०८२ असार १२
नेपाली प्रोडक्सन कम्पनी आइसफल प्रोडक्सनले नेपाल छायांकन व्यवस्थापन गरेको हलिउड फिल्म ‘आइस रोड २’को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्म नेपालको भक्तपुर र काठमाडौंमा पनि छायांकन भएको हो ।सन् २०२१ मा रिलिज भएको ‘आइसरोड’को यो दोस्रो श्रृंखला हो ।
फिल्मको नेपाल छायांकन व्यवस्थापन रामकृष्ण पोखरेलको आइसफल प्रोडक्सनले गरेको हो ।
फिल्ममा अभिनेता नीसनले माइक म्याक्कनको भूमिका निर्वाह गरेका छन् ।
मुख्य पात्र माइक पात्र भाइको इच्छानुसार अन्त्येष्टिको लागि अस्तु बोकेर नेपालमा आउँछ ।
आइसफल प्रोडक्सनले नेपालमा ‘बेबी’, मोस्ट वान्टेड, एभरेस्ट: द समिट अफ द गड्स, द क्लाइम्ब र हाइवे टु धम्पुस लगायतका फिल्महरूको निर्माण व्यवस्थापन गरेको थियो ।
यस अघी रामकृष्ण पोखरेलले निर्माण गरेको‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको थियो भने भेनिस फिल्म फेस्टिभलमा पनि उक्त फिल्मले दुई अवार्ड जित्न सफल भएको थियो ।
आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलका अनुसार फिल्म आगामी २७ जुनमा रिलिज हुनेछ ।







