क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

यही फिल्मबाट मीनबहादुर भामले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । नायक दयाहाङ राई भने फिल्म ‘गाउँ आएको बाटो’बाट उत्कृष्ट अभिनेता घोषित भए । ‘साम्बाला’कै नायिका थिन्ले ल्हामो उत्कृष्ट घोषित भइन् ।

फिल्म ‘सानो संसार’बाट सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले उत्कृष्ट पटकथाको अवार्ड जिते ।

राजनीतिक कारण देखाएर आयोजक चलचित्र समीक्षक समाज, नेपालले कार्यक्रम गर्न नसकेको बताएको छ । तथापि, नजिता भने बुधबार सार्वजनिक गरेको हो ।