एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने छ ।

उपाध्यक्ष विष्णु पौडेलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन् । त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन् ।

बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । आजको बैठकले उनको अभिव्यक्ति र विकसित घटनाक्रमबारे छलफल गर्नेछ ।