एमालेको सचिवालय बैठक जारी

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।

सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् ।