२८ जेठ, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
कार्कीले मंगलबार राजीनामा बुझाएका हुन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा केही समय अगाडी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्कीलाई स्पष्टीकरण सोधेको थियो ।
चार बर्षे दोस्रो कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका छन् ।







