गोली लागी घाइते भएका न्यौपानेको मृत्यु

मंसिर १०, काठमाडौं ।
बर्दिबासको प्रदर्शनमा मंगलबार प्रहरीको गोली लागी घाइते भएका सञ्जय भनी चिनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा ज्यान गएको छ ।

बुधबार राजधानीमा उपचार गर्दागर्दै उनको मृत्यु भएको उनका साथीले बताए । प्रहरीको गोली न्यौपानेको कम्मरमुनि लागेको थियो ।

बर्दिबास नगरपालिका १४ की ६ वर्षिया बालिका गुलाब शाह खातुनको हत्या भएपछि बर्दिबासमा प्रदर्शन भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाएपछि न्यौपानेसहित श्याम कार्की र अफताव आलम घाइते भएका थिए ।

न्यौपाने र कार्कीको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत राजधानी ल्याइएको थियो । तर उपचारको क्रममा उनको ज्यान गएको छ । कार्की भने उपचाररत छन् । यद्यपि उनको अवस्था पनि स्थिर छैन । आलमको भने बर्दिबासकै अस्पतालमा उपचार भइरहेको छ ।