२८ जेठ, काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले जनता सामाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई कारवाही गर्न हप्तादिने अल्टिमेटम दिएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय युवा संघ, नेपाल’ले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सीमा सुरक्षा विपरित गिरीले अभिव्यक्ति दिएकाले कारबाही गर्न संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीलाई आग्रह गरेको हो।
युवा संघले आवश्यक कानूनी कारवाही अघि नबढाए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरिता गिरी र सम्बन्धित दल हुने चेतावनी समेत दिएको छ ।








