२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
पुर्खाले लडेर बचाएको देश अहिले अडान लिए मात्रै भौगोलिक अखण्डता कायम हुने उनले बताए । प्रधानमन्त्री ओली भन्छन्, ‘‘हाम्रा पुर्खाले यो देश लडेर बचाएका हुन्, आज हामी अडे मात्रै भौगोलिक अखण्डता कायम राख्न सक्छौं । संसदले जुन जनभावना प्रकट गरेको छ, धेरै सराहनीय छ ।’
उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’







