मंसिर, १० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।







