प्रधानमन्त्रीको जवाफ : अहिले कोरोनाको चिन्ता गरौँ, पैसाको होइन

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले हिसाबको भन्दा पनि कोरोनाको चिन्ता लिन सांसदहरुलाई आग्रह गरेका छन्। उनले सरकारको हिसाबकिताबको अन्तरिक लेखापरीक्षण हुने भन्दै माहामारीका बेला अनियमितता गर्नेलाई नछाड्ने बताए।