२८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले, बुधवार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा २७९ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।
पोजिटिभ देखिएको मध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । संक्रमितमध्ये ३ हजार ६ सय ७५ जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने ६७४ निको भइसकेका छ्न् ।
हाल सम्म कोरोना सन्क्रमणबाट १५ जनाको मृत्यु भएको छ ।







