नेकपाको सचिवालय बैठक शुरु, प्रधानमन्त्रीले लिखित जवाफ दिने

मंसिर, १३ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सचिवालय बैठक सुरु भएको जानकारी दिए।

अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदनको कस्तो जवाफ दिने हुन् भन्दै बैठकमा आम चासो रहेको छ ।