आहा ! इलामको श्री अन्तु अनि सूर्योदय (हेर्नुहोस् ८ तस्वीर)

इलाम, १३ इलाम । आहा ! साँच्चिकै सुन्दर छ इलामको श्री अन्तु डाँडा । सूर्योदय नगरपालिका ५ मा रहेको यो स्थान अति नै मनमोहक छ । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित इलामको श्री अन्तु सूर्योदय र सूर्यास्तको दृश्यका लागि देशकै उत्कृष्ठ गन्तव्यका रूपमा परिचित छ ।

ठाँउ ठाउँ बनाइएका होम स्टेमा अर्गानिक खाना पाइने भएकाले प्रर्यटकहरु यहाँ रात आकर्षित छन् । इलामको अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

श्री अन्तु फिक्कल बजारबाट १३ किलोमिटर टाढामा पर्छ । श्री अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ ।

अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक एवं नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ।

इलामको यो श्री अन्तु धेरै कुराहरुले प्रख्यात छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटकहरु अवलोकन गर्न पुग्छन्।

स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र विहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्री अन्तुका प्रमुख विशेषताहरु हुन् ।

तस्वीर सौजन्य : सुमन अधिकारी