रमेश प्रसाईले विवाह गर्ने, को हुन दुलही ?

मंसिर, १६ काठमाडौं । समसामयिक विषयमा खरो रुपमा बोल्ने रमेस प्रसाईले विवाह गर्ने भएका छन् ।

प्रसाईले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्। जीवनले पनि रमेशसँगै एकै मण्डपमा सँगै विहे गर्दैछन्। उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेका छन्।

गायक समेत रहेका दोहोरीमा पनि अब्बल रहेका प्रसाईले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ।

प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन्। नन्दा पनि दृष्टिविहीन हुन्। उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्। बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन्।

रमेशका साथी जीवनले भने जुनु तामाङसँग गर्दैछन्। रमेश र जीवन १२ वर्षदेखि सँगै बस्दै आएका छन्।