३० जेठ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार औषधि र खाद्यान्न बोक्ने बाहेक पास लिएका अन्य निजी सवारी साधनलाई समेत शुक्रबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।
यो नियम अन्तर्गत चारपांग्रे सवारीसाधनमा चालकसहित तीनजना मानिस मात्र र २ पांग्रे सवारीसाधनमा भने चालक एकजना मात्र बसी यात्रा गर्न पाइने ट्राफिक महाशाखाका प्रप्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए ।
उनका अनुसार कुनै पनि सार्वजनिक भाडाका सवारीसाधन भने चलाउन पाइने छैन र उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।







