मंसिर, १८ काठमाडौं । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अवधिमा विश्वमा १२ हजार २४९ जनाले कोरोना संक्रममिको ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ९८ हजार २४२ पुगेको छ।
विश्वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख २२ हजार ४४० जना संक्रमित थपिएका छन्।
अहिलेसम्म चार करोड ४९ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा हाल एक करोड ८४ लाख सात हजार ४०४ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ९२ जना गम्भीर बिरामी छन्।







