आफ्नै निर्णयबाट पछि हट्यो राष्ट्र बैंक, फरक बैंकको एटिएम प्रयोग गर्दा शूल्क लाग्ने

मंसिर २०, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले केही अघि आफूले प्रयोग गर्दै आएको भन्दा फरक बैंकबाट पनि पैसा निकाल्दा शूल्क नलाग्ने निर्णय गरेको थियो । तर अबदेखि एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैकले अबदेखि एक बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर पैसा निकाल्दा शुल्क लाग्ने बनाउन लागेको हो । यस अघि राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने तथा कोभिडका कारण ग्राहकहरु बैंकमा उपस्थित हुन नसक्ने भन्दै एटीएमबाट अन्तरबैंक पैसा निकाल्दा शुल्न नलाग्ने व्यवस्था गरेको थियो ।

तर त्यसबाट बैंकहरुलाई बढी आर्थिक भार पर्ने भन्दै नेपाल बैंकर्स संघले नै संस्थागत रुपमा उक्त व्यवस्था हटाउन दबाब दिँदै आएको थियो । सोही अनुरुप खर्चभन्दा तल गएर सेवा दिन नसकिने भन्दै शुल्न नलाग्ने व्यवस्था हटाउन लागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘एक बैंकको एटीएबाट कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने व्यवस्था गर्न गृहकार्य गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘के–कति लाग्ने भन्ने विषयमा अहिले टुङ्गो लागेको छैन यस विषयमा राष्ट्र बैंकले केही दिनभित्रै सर्कुलर जारी गर्ने छ ।’

यस अघि राष्ट्र बैंकले मौद्रिक नीतिमा अन्तर बैंक एटीएम निःशुल्क गर्दा चर्को विरोध गरेका थिए । साथै कतिपय बैंकहरुले त अपरेसन कस्ट नै कभर नहुने अवस्था भएको भन्दै एटीएममा क्यास भर्न समेत समस्या हुने अवस्था आएको बताउँदै आएका थिए ।

अन्तर बैंक एटीएम निःशुल्क हुँदा धेरै एटीएम रहेका बैंलाई कस्ट बढेको भन्दै बैंकहरुले गुनासो गरेपछि बैंकर्स संघले अन्तर बैंक एटीएममा शुल्क लिन पाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको थियो ।