मंसिर २०, काठमाडौं ।
बलिउडमा ‘बिग बी’ का नामले चिनिने वरिष्ठ कलाकार अमिताभ बच्चन आफ्नो आगामी फिल्ममा दिपिका पादुकोण र तेलुगु सुपरस्टार प्रभाससँग देखिने भएका छन् ।
उनले कौन बनेगा करोडपतिको शुटिङ सकाएसँगै उक्त फिल्मका लागि समय दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आउन लागेको फिल्मको नाम सार्वजनिक गरिएको छैन । तर उनले उक्त फिल्मका लागि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिकबापत लिने निश्चित भएको छ ।
सन् २०२१ को फेब्रुअरीबाट उनले उक्त फिल्मलाई समय दिन सक्नेछन् । उक्त फिल्मको बजेट १ सय करोड भारतीय रूपैयाँ रहनेछन । उनको भूमिका लामो र महत्वपूर्ण रहने बताइएको छ ।
हाल अमिताभ आफ्ना फिल्म ‘ब्रह्मास्त्र’ र ‘झुन्ड’ लाई लिएर चर्चामा छन् । ब्रह्मास्त्रमा उनीसँगै रणवीर कपुर र आलिया भट्टले स्क्रिन शेयर गर्दैछन् भने झुन्डमा रिंकु राजगुरु र आकाश थोरट देखिँदैछन् ।







