काठमाडौं , २० मंसिर ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।
सँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाको कारण ज्यान गएसँगै कुल मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।त्यस्तै हालसम्म नेपालमा २ लाख २४ हजार ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ पीसीआर परीक्षण भएकापे छ । भने १४ हजार २ सय ५५ संक्रमित आइसोलेसनमा रहेको र ५३६ जना क्वारेन्टाइनमा रहेका छन् ।







