सुर्खेतका संक्रमितको मृत्यु

मंसिर २१, सुर्खेत ।
जिल्लाको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पञ्चपुरी नगगरपालिका–६ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो ।