मंसिर २३, काठमाडौं ।
अभिनेत्री स्वेता खड्का सोमबार विवाह बन्धनमा बाँधिइन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न भयो ।
कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको थियो । विवाहमा दुबै तर्फका नजिकका सीमित व्यक्तिको सहभागिता रहेको थियो ।
विवाहको तस्वीर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामना दिएका छन् । विवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैले सार्वजनिक गरेकी थिइन् ।
अभिनेत्री खड्काको सामाजिक सञ्जालबाट लिइएको केही तस्वीर :










