आगामी २ बर्ष भित्र बिहे गर्ने नायिका वर्षा सिवाकोटीको खुलासा

२४ मंसिर, काठमाडौं

विगत १ बर्षदेखि नायिका वर्षा सिवाकोटी अमेरिकामा बस्दै आएका सविन जंग थापाको प्रेममा छिन् । वर्षा भन्छिन् “आफन्तहरुको माध्यमबाट भएको सामान्य चिनजान अहिले आएर प्रेममा परिणत भएको हो । हामीले प्रेम प्रस्ताव नै राखेका छैनौं । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।”

अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । वर्षाले आगामी दिनहरुमा बिहे गरेपनि चलचित्र क्षेत्र नछाड्ने प्रतिवद्धता जनाइन् । सविन वर्षाको कलाकारिता यात्राबाट खुशी छन् । सविनले आफूलाई काम गर्न सधै प्रेरणा दिने वर्षाको भनाई छ ।