हरेक महिनाको अन्तिम बिहीबार बरदान अनलाइनको सेलमा छुट र उपहार दिइने

मंसिर २५, कास्की ।
पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थर्स्डे सेल’ सुरु गरेको छ । हरेक महिनाको अन्तिम बिहिबार सेल बरदानमा सुरु हुने बताइएको छ ।

महिनाको अन्तिम बुधबार राति १२ बजे देखि २४ घन्टासम्म चल्ने उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुटहरु लगायत अन्य धेरै अफरहरु दिने भएको छ ।

साथै महिनाभरी सपिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर अन्तर्गत ५ जनाले परडिसो रेष्टोबाट फुड कुपन, ५ जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, १ जनालाइ आकाशमा अल्ट्रा फ्लाईट, बगैचामा ५ जना लाइ सौनास्टिम, बरदानको तर्फबाट २ जना लाई स्पेसल गिफ्ट ह्याम्पर त्यस्तै समानहरुमा छुटको व्यवस्था गरिएको छ ।

चाड पर्वहरु सकिए पनि उत्सव अझै नसकिएकोले उक्त अफर ल्याइएको वरदानका कार्यकारी प्रमुख सन्जिव पौडेलको भनाइ छ । ‘हरेक महिना हुने छ उत्सव’ भन्दै ल्याइएको ‘थर्स्डे सेल’ले ग्राहकलाई खुसी बनाउने अपेक्षा रहेको पौडेलको भनाइ छ ।

उक्त सेल २४ घण्टाको लागि हुनेछ । उपभोक्ताले बरदानको आधिकारिक वेबसाइट (बरदानस्टोर डट कम) मा आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन् । साथै ९८०२८४११२२ मा फोन गरेरसमेत आफ्नो अर्डर टिपाउन सक्नेछन् ।

ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै सार्वजनिक गरिने निर्देशक वैभव पौडेलले बताए ।