मंसिर २५, काठमाडौं ।
भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवा आज नेपाल भ्रमणका लागि आएका छन् ।
स्रोतका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । आज नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेर फर्किएको दुई सातापछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक जिम्मेवार नेता काठमाडौं आइपुगेका छन् ।
केही समय यता यि दुइ देशबीच चिसिएको सम्बन्ध सुधारका लागि प्रयासहरु बाक्लिएको देखिएको छ । भारतीय स्थल सेनाध्यक्षको भ्रमणपछि सम्बन्ध सुधारका प्रयासहरु क्रमशः बाक्लिदै गएको पाइएको छ ।
विगतमा चिसिएको सम्बन्धलाई पुनः सामान्य बनाउन प्रधानमन्त्री ओलीको चाहना अनुसार भाजपाका विदेश विभाग प्रमुख चौथाइवा भ्रमणका लागि आएको स्रोतले जनाएको छ ।






