मंसिर, २६ काठमाडौं । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५६ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघेको छ ।
यसरी विश्व्मा कोरोना संक्रमितको संख्या ७ करोड ६ लाख ७७ हजार हजार ९ सय ९१ पुगेको हो । त्यस्तै विश्व एकैदिन कोरोना संक्रमणबाट १२ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।
यसरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ८७ हजार ४ सय ३१ पुगेको छ ।
विश्वभर ४ करोड ९१ लाख २८ हजार ७६ जना संक्रमित उपचारपछि निको भएका छन् ।







