देशभर थप १०४४ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २४६६९४

मंसिर,२६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६६९४ पुगेको छ।

आज कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु भने हाल सम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ।

यस्तै, आज नेपालमा थप १२७१ जना कोरोना संक्रमित निको भएका छन्।

गत २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६ सय १८ पुगेको छ।