मंसिर, २७ काठमाडौं । विश्वमा हालसम्म १६ लाख २८३ संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा १२ हजार २१५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ लाख नाघेको हो ।
त्यस्तै, विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड १४ लाख पाँच हजार ७८६ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ५५५ संक्रमित थपिएको वर्ल्डोमिटर्सले जनाएको छ।
यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड दुई लाख १४ हजार ७०१ छ। त्यसमध्ये एक लाख ६ हजार ५७४ गम्भीर अवस्थाका छन्।







