थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो: थप एक जनाको मृत्यु

३२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, आइतबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६०पुगेको छ । संक्रमितमध्ये ४ हजार ७ सय ६७ जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने ९७४ निको भइसकेका छ्न् ।

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

हाल सम्म कोरोना सन्क्रमणबाट १९ जनाको मृत्यु भएको छ ।