भारतीय चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। उनी आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। सुशान्तकी पूर्व म्यानेजर दिशा सालीयानले गत साता आत्महत्या गरेकी थिइन् । यो खबर ट्विट गर्दै सुशान्तले आफू स्तब्ध बनेको बताएका थिए ।
३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन् । उनले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’, ‘छिचोरे’ जस्ता सफल चलचित्रमा काम गरेका छन् । जिटीभीको सिरियल ‘पवित्र रिस्ता’ बाट सुशान्तको करिअर सुरु भएको थियो । उनी अविवाहित थिए ।







