कोइराला परिवारका तीन जना मध्ये एक जना सभापतिको उमेद्वार : महामन्त्री कोइराला

मंसिर, २९ विराटनगर । नेपाली कांग्रेस महामन्त्री डा शशांक कोइरालाले कोइराला परिवारका तीन नेता मध्येबाट एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

उनले सरकार विरुद्ध नेपाली कांग्रेसले घोषणा गरेको देशव्यापी प्रदर्शनका लागि विराटनगर आएका महामन्त्री डा कोइरालाले सोमबार कोइराला परिवारबाट सल्लाह अनुसार नै कांग्रेसको भावी नेतृत्वमा एक जनाले उम्मेदवारी दिने बताए ।

उनले डा शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरेर नै एक जना सभापतिको उम्मेदवार हुने बताए ।

फागुनमा महाधिवेशन हुने संभवना टरेको बताउँदै महामन्त्री कोइरालाले आगामी जेठसम्ममा जसरी पनि महाधिवेशन हुने दाबीसमेत गरे ।