चार वटा ‘बिग बजेट फिल्म’ प्रभाषको पोल्टामा, कुल ७ सय करोडको लगानी

पुष १, काठमाडौं ।
चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक प्रभाषमाथि अहिले निर्माताहरुले पैसा खन्याइरहेका छन् ।

विश्व बजारमै देखिएको उनको लोकप्रियतालाई देखेर उनीमाथि लगानी गर्नेहरु उत्साहित छन् ।

यसै कारण प्रभाषको पोल्टामा ४–४ वटा ‘बिग बजेट फिल्म’ परेका छन् । उनले लगातार ४ वटा ठूलो लगानीका चलचित्रमा काम गर्ने बताइएको छ ।

उनी ‘केजीएफ’ जस्तो सफल चलचित्रको निर्माण कम्पनी हम्बेल फिल्मस्को ब्यानरमा ‘सलार’ नामक चलचित्रमा काम गर्दैछन् । यो चलचित्रको घोषणा केही दिन अगाडि मात्र भएको थियो ।

प्रभाष ‘राधे श्याम’मा काम गरिरहेका छन्, जसमा नायिका पूजा हेग्डेले उनको जोडीको रुपमा काम गर्दैछिन् । यस्तै, चलचित्र ‘आधीपुरुष’मा पनि उनी काम गर्दैछन् । यो चलचित्रमा कृती सेनन, सैफ अली खान जस्ता कलाकारको मुख्य भूमिका छ ।

अमिताभ बच्चन र नायिका दीपिका पादुकोणसँग प्रभाषको नयाँ चलचित्र घोषणा भैसकेको छ । ४ वटा विग बजेटका चलचित्रमा प्रभाषमाथि कुल ७ सय करोडको लगानी हुने भारतीय मिडियाले जनाएका छन् ।