१ असार, काठमाडौं । उपत्यका लगायत देशभर आज बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन हुनेछन् । लकडाउनको नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागु भएपछि, आज बिजोर नम्बर प्लेट भएका सवारी साधन चल्नेछ्न् ।
सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको छ । दुई पाङ्गरे सवारी साधनमा पनि जोर बिजोरप्रणाली लागु हुनेछ र २ जना सवार गर्न नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
निजी ४ पाङ्गरे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् । जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने व्यवस्था भएकाले सोही अनुसार सवारी चलाउन अन्यथा कारवाही गरीने ब्यहोरा समेत महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक जिबन कुमार श्रेष्ठका अनुसार पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागु हुने छैन ।







