थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

१ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, सोमबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ४५१ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । संक्रमितमध्ये ५ हजार १ सय ५१ जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने १०४१ निको भइसकेका छ्न् ।

हाल सम्म कोरोना सन्क्रमणबाट १९ जनाको मृत्यु भएको छ ।