बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु ,२० घाइते

पुस ०४,एजेन्सी ।अफगानिस्तानको पुर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण  १५ बालबालिकाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।गिलान जिल्लामा भएको उक्त बिस्फोट के कारणले कसरी भएको हो भन्ने अझै थाहा भैसकेको छैन ।

प्रहरीले भने यस आक्रमण तालिवानले गरेको हुन सक्ने बताएका छन् ।स्थानीयका अनुसार बालबालिकाले फुटपाथ ब्यपारीलाई एउटा सामग्रीको टुक्रा बेच्न खोज्दा त्यो बिस्फोट भएको थियो।तालिवान मिलिसियाहरुले यस बिस्फोट दुर्घटनावश भएको बताएका छन् ।

दिउँसो १:०० बजेको समयमा गाउँको एउटा घर नजिक त्यो बिस्फोट भएको जनाएका छन् ।त्यसबेला कुरान वाचन भैरहेको थियो।मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।