धनचौरका राजु पाण्डे अबैध काठ सहित पक्राउ

पुस ,०४ अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १० बाट बालुवा भित्र लुकाएर राखिएको अवैध काठ बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट खटिएका गस्ती टोलि र डिभिजन बन कार्यालय अर्घाखाँची बाट खटिएका गस्ती टोलीले आज दिउँसो करिब १५ : ३० बजेको समयमा भुनपा – १० धनचौर निवासी राजु पाण्डेले घर बनाउँन भनी बालुवा भित्र लुकाईछिपाई राखेको १५:२७ क्यु फिट १२ थान अबैध चिरान काठ बरामद गरेको हो।

बरामद गरिएको अवैध काठ जिल्ला प्रहरी कार्यालय बाट खटिएका गस्ती टोलीले डिभिजन बन कार्यालय अर्घाखाँचीलाइ बुझाएको खबर प्राप्त भएको छ।

भने अबैध रुपमा बालुवा भित्र काठ लुकाईछिपाई राखेको भन्ने आशंकामा आरोपी राजु पाण्डेलाइ थप अनुसन्धानका लागी पक्राउ गरि हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ।