सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा अध्यक्षसहित बहुमत पदमा लोकतान्त्रिक प्यानलले जित हात पारेको छ। नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षका उमेदवार भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जित निकालेका हुन्।
उपाध्यक्ष पदमा भने प्रगतिशीलका उम्मेदवारले जित हात पारेका हुन्। प्रगतिशीलका मुकुन्दप्रसाद पौडेल निर्वाचित भए।
सर्वोच्च अदालत बार एसोसिएसन कार्य समितिको शनिबार भएको निर्वाचन परिणाम अनुसार लोकतन्त्रिकका समूहबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य सहित १० जना उम्मेदवार विजयी भएका हुन्। प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र ४ जना सदस्य विजयी भएका छन्।







