पुष, ५ काठमाडौं । नेपालको राजनीति फेरि एकपल्ट तरंगित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विगठनका लागि प्रस्ताव पठाएका छन् ।
आज बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बसेको बैठक करिब २० मिनेट बसेर सकिएको बालुवाटार स्रोतले जनाएको छ ।
आजको बैठकमा अन्य के विषयमा कुराकानी भयो भन्नेबारे थाहा हुन बाँकी छ ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिस प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताएका छन् ।
साथै उनले संसद भङ्ग गर्ने प्रस्तावको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आज (आइतवार) बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका थिए ।







