पुष, ५ काठमाडौं । संसद विगठन प्रस्तावको विषयलाई लिएर सत्तारुढ दलकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् ।
उनले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज विहान मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
मन्त्रिपरिषद् बैठक लगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले संसद विघटन सिफारिस गरेर प्रधानमन्त्री ओलीले गणतन्त्रमाथी ‘कू’ गर्न खोजेका बताए ।
‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
संसद विघटन सिफारिस गरेलगत्तै बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भेट्न अस्वीकार गरेका छन् ।







