संसद विघटनका विरुद्ध शान्ति समाजद्वारा बुटवलमा प्रदर्शन

पुस ,०६ बुटवल । मानव अधिकार तथा शान्तिसमाज रुपन्देहीले संसद विघटनको विरोधमा आइतबार बुटवलमा प्रर्दशन गरेको छ । केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले लोकतन्त्र पुनः धरासाही भएको बताए । सरकारले आफूले गरेका भ्रष्टाचार र अकर्मन्यता तथा असफलतालाई लुकाउन नसक्दा लोकतन्त्रलाई नै धरापमा राखेको उनको आरोप छ ।


लोकतन्त्रलाई बचाउन शान्तिबादी तथा लोकतन्त्रवादीहरु फेरि सडकमा आउनु परेको उनले बताए ।

नेपाल प्रध्यापक संघका अध्यक्ष बुद्ध थापाले प्रतिनिधीसभा विघटनको घोर भ्रष्चना गर्ने बताउँदै आफ्नो राजनीतिक दलभित्र समिकरण गर्न नसकेर लोकतन्त्रलाई धरापमा पारिएको आरोप लगाए । विघठित भएको संसदलाई पुन गठनका लागि विरोधका कार्यक्रम जारी राखिने उनले बताए ।

मानव अधिकार तथा शान्ति समाजका सभापति डि पी खनालले संसद विगठन गर्ने जस्तो अलोकतान्त्रिक कदमलाई आफूहरुले कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए ।